काठमाण्डु – नेकपा माओवादी केन्द्रले विशेष महाधिवेशन गर्ने निर्णय गरेको छ ।
काठमाण्डुको भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा आईतबारदेखि सुरु भएको माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले विशेष महाधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।
पार्टीमा ६०–९० प्रतिशत समय दिएर खट्नेलाई धन्यवाद पत्र, १५–६० प्रतिशत समय खट्नेलाई सतर्कता पत्र र १५ प्रतिशतभन्दा कम खट्नेलाई स्पष्टीकरण पत्र दिएर कारवाही गर्ने निर्णय गरिएको उनले बताए ।




प्रतिक्रिया