काठमाण्डु – नेकपा माओवादी केन्द्रले पर्सि बिहीबार बिहान स्थायी समिति बैठक बोलाएको छ ।
पार्टी पदाधिकारीको जिम्मेवारी हेरफेर र प्रदेश इन्चार्ज तोक्ने, परिमार्जित विधान अनुमोदन गर्ने, चैत–बैशाखमा हुने अभियानको कार्यक्रम र कमाण्डर तोक्ने बैठकको एजेण्डा रहेको केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए ।
बैठक १० गते बिहान ११ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने जनाइएको छ ।




प्रतिक्रिया