धनगढी – केन्द्रमा नयाँ सत्ता गठबन्धन बनेपछि सुदूरपश्चिममा नेकपा माओवादी केन्द्रका मन्त्रीहरू हटाएका मुख्यमन्त्री कमलबहादुर शाहले गठबन्धन अन्तिमसम्म लैजानुपर्ने बताएका छन् ।
आज मंगलबार पत्रकार सम्मेलन गरेर मुख्यमन्त्री शाहले पुरानै गठबन्धन कायम राख्न आफू सबै विकल्पमा खुला रहेको बताए ।
मंगलबार उनले माओवादीबाट मन्त्री बनेका रमेश धामी, झपटबहादुर साउँद र राज्यमन्त्री गीतादेवी माललाई बर्खास्त गरेका छन् । उनले सबै दलसँग मिलेर अघि बढ्न तयार रहेको बताएका छन् ।
पत्रकार सम्मेलनमा उनले भने, ‘राष्ट्रिय राजनीतिका कारण यो प्रभाव परे पनि माओवादी केन्द्रसँग पनि हामी संवादमै छौं । साविकको गठबन्धनका सबै दल संवादमै छन् । पद मात्र ठूलो कुरा होइन । गठबन्धनलाई जोगाएर अन्तिमसम्म लैजानुपर्छ भन्ने चाहना छ ।’
केन्द्रमा नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीले छुट्टै गठबन्धन बनाए पनि कांग्रेस नेतृत्वको सरकारमा सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टी र एकीकृत समाजवादी सम्मिलित बहुमत प्रदेशसभा सदस्य छन् ।




प्रतिक्रिया