माओवादीले प्रत्यायोजित विधायन समितिको सभापतिमा उम्मेदवारी दिने

माओवादीले प्रत्यायोजित विधायन समितिको सभापतिमा उम्मेदवारी दिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा अन्तर्गतको सभापति पदमा उम्मेदवारी दिने निर्णय गरेको छ ।

शुक्रबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा उम्मेदवारी दिने र उम्मेदवारमा सांसद मायाप्रसाद शर्मालाई उठाउने निर्णय गरेको प्रमुख सचेतक हितराज पाण्डेले बताए ।

बैठकले विधायन व्यवस्थापन समितिको सभापतिमा नेकपा एकीकृत समाजवादीका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ । समितिका सभापतिको निर्वाचन भदौ ३१ गते सोमबार दिउँसो १ बजे हुने गरी निर्वाचन तालिका सार्वजनिक गरिएको छ ।

माओवादी केन्द्रले सहमतिका लागि पहल गर्ने, नभए प्रक्रियामा गएर भए पनि विजयी गराउने निर्णय गरेको जनाइएको छ ।