काठमाण्डु – नेकपा माओवादी केन्द्रले शेरा दरबार जग्गा अनियमितता प्रकरणमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जोडेर प्रचार गर्नुको कुनै आधार नभएको जनाएको छ ।
सोमबार प्रवक्ता अग्निप्रसाद सापकोटाले पार्टीको धारणा सार्वजनिक गर्दै जग्गा प्रकरणमा मुछिएका व्यक्ति विकेश श्रेष्ठ पार्टीको कुनै जिम्मेवारीमा नरहेको स्पष्ट पारेका छन् ।
‘केही सञ्चारमाध्यममा प्रकाशित नुवाकोटको ‘शेरा दरवार’ जग्गा प्रकरणमा हाम्रो पार्टी नेकपा माओवादी केन्द्रका अध्यक्ष कमरेड प्रचण्डको नाम जोडेर भइरहेको प्रचारबाजीप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यस प्रकरणमा पार्टी अध्यक्षलाई जोडेर प्रचार गर्नुको कुनै आधार छैन,’ उनले भने, ‘जग्गा प्रकरणका मुख्य भनिएका व्यक्ति विकेश श्रेष्ठ पार्टीको कुनै जिम्मेवारीमा पनि छैनन् र पार्टीको कुनै गतिविधिमा पनि संलग्न छैनन् । प्रमाण र सत्यतथ्यका आधारमा हुने कानूनी कारबाहीमा हाम्रो असहमति नरहने कुरा स्पष्ट पार्न चाहन्छु ।’




प्रतिक्रिया