प्रेस सेन्टरको नेतृत्व सर्वसम्मत बनाउने कसरत

प्रेस सेन्टरको नेतृत्व सर्वसम्मत बनाउने कसरत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालको नेतृत्व सर्वसम्मत चयन गर्ने कसरत भइरहेको छ । चितवनमा जारी चौथो राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा नेतृत्व सर्वसम्मत चयन गर्नेबारे छलफल भइरहेको बताइएको छ ।

एक सय ९९ सदस्यीय केन्द्रीय कमिटी हुने छ भने त्यसमध्य ८ जना मनोनयन हुने बताइएको छ । अध्यक्षसहित एक सय ९१ केन्द्रीय कमिटी सर्वसम्मत बनाउन आकांक्षीहरु छलफलमा रहेको बताइएको छ । अध्यक्षमा विष्णु सापकोटा जुगललाई सहमति भइसकेपनि घोषणा हुन बाकी रहेको छ । जुगलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको सचिवालयसमेत समालेकका छन् ।

अन्य पदाधिकारीमा समेत सहमतिको प्रयास भइरहेको छ । प्रेस सेन्टरमा अध्यक्ष एक, महिला उपाध्यक्ष एक, समावेशी उपाध्यक्ष एक, खुला उपाध्यक्ष ११, महासचिव एक, उपमहासचिव पाँच, सचिव खुला ६, महिला सचिव दुई, आदिवासी दुई, मधेसी दुई, दलित दुई, अल्पसंख्यक दुई, कर्णाली एक र कोषाध्यक्ष एकजना हुनेछन् ।