राजावादीको तरङ्गले माओवादीको अभियान स्थगित, आकस्मिक पदाधिकारी बैठक आह्वान

राजावादीको तरङ्गले माओवादीको अभियान स्थगित, आकस्मिक पदाधिकारी बैठक आह्वान

file photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राजसंस्था र हिन्दूराष्ट्र पक्षधर राजावादीले सक्रियता बढाएपछि नेकपा माओवादी केन्द्रले तराई–मधेश जागरण अभियान स्थगित गरेर आकस्मिक पदाधिकारी बैठक बोलाएको छ ।

राजावादीको सक्रियता बढेपछि गणतन्त्रवादी दलहरूसँग सघन छलफल गर्नुपर्ने र संसद्मा बलियो उपस्थिति बनाउनुपर्ने भन्दै अभियान स्थगित गरिएको महासचिव देव गुरुङले काठमाण्डुपाटीलाई जानकारी दिए ।

राजावादीको सक्रियताबारे छलफल गर्न अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलि पदाधिकारी बैठक बोलाएका उनको सचिवालय स्रोतले जनाएको छ । रौतहटमा रहेका प्रचण्ड लगायत माओवादी नेताहरू आज शनिबारै काठमाण्डु फर्किएर राजावादीविरुद्ध रणनीति बनाउन र गणतन्त्रको रक्षाका लागि के गर्ने भन्नेबारे छलफल गर्ने जनाइएको छ ।