जेठ २ गतेदेखि माओवादीले ‘मध्य पहाडी लोकमार्ग अभियान’ गर्ने

जेठ २ गतेदेखि माओवादीले ‘मध्य पहाडी लोकमार्ग अभियान’ गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रले जेठ २ गतेदेखि ‘मध्य पहाडी लोकमार्ग अभियान’ सुरु गर्ने भएको छ ।

अध्यक्ष पुष्पकमल दाहालको खुमलटारस्थित निवासमा आईतबार बसेको पदाधिकारी बैठकले मध्य पहाडी लोकमार्ग अभियानका लागि तयारी थाल्न पार्टी नेतृत्वलाई निर्देशन दिएको छ ।

बैठकले हुलाकी मार्ग केन्द्रित ‘जनतासँग माओवादीः तराई–मधेश जागरण अभियान’ सफल भएको निष्कर्ष निकालेको छ । अभियानले राष्ट्रिय एकता सुदृढ गर्न सफल भएको बताउँदै माओवादीले सबैप्रति आभार व्यक्त गरेको छ ।