काठमाण्डु – नेकपा माओवादी केन्द्रले नेकपा एमालेसँग पार्टी एकता गर्ने नीति र सोच नरहेको स्पष्ट पारेको छ ।
माओवादी उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै एमालेसँग एकताको चर्चा नै नचलेका बेला एकताको कुरा आउनु तथ्यहीन र आचारहीन प्रचारबाजी भएको जनाएका छन् ।
‘कतिपय सञ्चारमाध्यममा ‘बाम एकताका लागि एमालेसमक्ष माओवादीको प्रस्ताव’ शीर्षकमा समाचार प्रकाशन भएकोप्रति हाम्रो पार्टीको ध्यानाकर्षण भएको छ । उक्त समाचारमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई हाम्रो पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भेटेर एमालेसहितको वाम एकताको प्रस्ताव राखेको उल्लेख गरिएको छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘हाम्रो पार्टीको एमालेसँग एकता गर्ने नीति र सोच नरहेको स्पष्ट पार्दछौं । साथै समाचारमा भनिए जस्तो वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले एमालेसँगको एकताका लागि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटेको कुरा पार्टीमा कुनै जानकारी छैन ।’
विज्ञप्तिमार्फत माओवादीले तथ्यहीन, आधारहीन प्रचारबाजीबाट भ्रममा नपर्न सम्पूर्ण पार्टीपंक्ति र आमजनसमुदायमा स्पष्ट पारेको छ ।





प्रतिक्रिया