काठमाण्डु – नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले व्यक्त गरिरहेका असन्तुष्टिबारे स्थायी कमिटी बैठकमा छलफल हुने भएको छ ।
बुधबार बसेको माओवादी पदाधिकारी बैठकले आन्तरिक एकतालाई मजबुत गराउने विषयलाई एजेन्डा बनाएर छलफल गर्ने निर्णय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । आन्तरिक एकताको एजेन्डामा उपमहासचिव शर्माको विषय पनि समेटिनेछ ।
उपमहासचिव शर्माले पार्टी पुनर्गठन र नेतृत्व पुस्तान्तरणका विषयमा बहस चलाइरहेका छन् ।
प्रवक्ता सापकोटाले भने, ‘संगठन निर्माण, कार्यविभाजन र आन्तरिक एकतालाई सुदृढीकरण गर्ने विषय स्थायी समिति बैठकका एजेन्डा बनाएर छलफल हुन्छ ।’
पदाधिकारी बैठकले तय गरेका एजेन्डामा स्थायी समिति बैठकमा छलफल हुनेछ ।




प्रतिक्रिया