काठमाण्डु – जेनजी आन्दोलनपछि विकसित परिस्थितिमा नेकपा माओवादी केन्द्र विशेष महाधिवेशनउन्मुख भएको छ ।
आईतबारको माओवादी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै कमिटीहरू भंग गर्दै विशेष महाधिवेशन गर्न प्रस्ताव गरेका छन् ।
अध्यक्ष प्रचण्डको प्रस्तावमाथि औपचारिक निर्णय लिन असोज ९ गते केन्द्रीय समिति बैठक बोलाइएको छ । विशेष महाधिवेशनले माओवादीको नयाँ नेतृत्व चयन गर्नेछ ।




प्रतिक्रिया