नेकपा माओवादीको समाजवादी जागरण अभियान धनुषामा

नेकपा माओवादीको समाजवादी जागरण अभियान धनुषामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम – नेकपा माओवादीको समाजवादी जागरण अभियान धनुषा आइपुगेको छ ।

बिहीबार धनुषा आइपुगेका अभियानमा आवद्ध पार्टीका केन्द्रिय सदस्य तथा कार्यकर्ताहरूले जिल्लाका विभिन्न स्थानमा अभियानबारे जनसमुदायलाई जानकारी गराएको छ ।

उनीहरूले धनुषाको धनुषाधाम नगरपालिका र जनकपुरधाममा कार्यक्रम गर्दै जनसमुदायलाई अभियानबारे जानकारी गराएको छ । पुस २० गतेदेखि काकडभिट्टाबाट सुरु भएको अभियान देशका ३ स्थानबाट एकैसाथ सुरु भएको समाजवादी युवा जागरण अयिभानका प्रमुख तथा नेकपा माओवादीका केन्द्रीय सदस्य प्रकाश केसीले जानकारी दिए ।

अभियानले विभिन्न मागहरू उठाउँदै जनतालाई सचेत गराउने उद्देश्यका साथ देशभर भ्रमण गरिरहेको अभियानका प्रमुख केसीले बताए । नागरिक सरकारको नाममा बनेको शुसीला कार्की नेतृत्वको सरकारले जेनजी आन्दोलनको म्यानडेट बिर्सेको नेकपा माओवादी पार्टीले ठहर गर्दै विभिन्न माग अघि सारेको उनले बताए ।

संयुक्त राजनीतिक दल सहितको सरकार हुनुपर्ने, भ्रष्टाचारीहरूको सम्पत्ति छानबिन गरी आजीवन काराबासको व्यवस्था गर्नुपर्ने, नागरिक आयोग गठन गर्नुपर्ने, कालोबजारी नियन्त्रण गर्न ५०० र १००० का नोट बन्द गर्नुपर्ने, पुराना राजनीतिक दलहरूको भण्डाफोर गर्ने, नयाँ बनेका राजनीतिक दलहरूमा आवद्ध केही आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूबारे जनतालाई जानकारी गराउने लगायतका विषय लिएर अभियान सञ्चालन गरिएको अभियानका प्रमुख केसीले जानकारी दिए ।

उनले यी विषयहरूबारे जनतालाई जानकारी गराई उनीहरूको समस्या पनि बुझ्नका लागि पूर्वदेखि पश्चिमसम्म अभियान सञ्चालन गरिएको उनले बताए । अभियानले अहिलेसम्म मधेशको ६ जिल्लामा कार्यक्रम गरिसकेको र बाँकी जिल्लाहरू पनि १–२ दिनभित्रै जाने केसीले बताए । उनले अभियान पुस ३० गतेसम्म चल्ने जानकारी दिए ।