माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित

माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित भएको छ । आइतबार विहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने भनिएको बैठक स्थगित भएको हो ।

पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने अन्तिम तयारी स्वरुप आज ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बोलाएको थियो । केन्द्रीय कार्यालय पेरिसडाँडाका सचिव श्रीराम ढकालले केही नेताहरु काठमाण्डु उपत्यका बाहिर रहेकाले बैठक स्थगित गरिएको जानकारी दिए ।

काँग्रेसले ओली सरकारको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेपछि उत्साहित बनेको माओवादीले समर्थन फिर्ता लिने तयारी गरेको छ । माओवादीले काँग्रेससहित जसपासँग सत्ता सहकार्य गर्न चाहेको छ ।माओवादी केन्द्रले सरकारलाई दिइएको समर्थन आइतबारको स्थायी कमिटी बैठकबाट फिर्ताको निर्णय लिने बताइएकाे थियो ।