काठमाण्डु – नेकपा माओवादी केन्द्रले संगठनात्मक संरचनाबारे गृहकार्य गर्नका लागि चार सदस्यीय कार्यदल गठन गरेको छ ।
बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समितिको बैठकले ४ जना स्थायी समिति रहेको कार्यदल गठन गरेको हो ।
उक्त कार्यदलमा नेताहरु गिरिराजमणि पोखरेल, वर्षमान पुन, पम्फा भुसाल र जनार्दन शर्मा रहेको उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिए । ४ सदस्यीय उक्त कार्यदलले केही दिनभित्रै प्रतिवेदन पेस गर्ने उनले बताए ।




प्रतिक्रिया