दार्चुला घटनामा संलग्नलाई कारबाही गर्न माओवादी केन्द्रको माग

दार्चुला घटनामा संलग्नलाई कारबाही गर्न माओवादी केन्द्रको माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा माओवादी केन्द्रले दार्चुला घटनामा संलग्नलाई कारबाही गर्न माग गरेको छ । माओवादी केन्द्रको आइतबार बसेको स्थायी कमिटी बैठकले भारतीय सीमा बल (एसएसबी) ले तुइनको डोरी चुँडाल्दा नेपाली नागरिक ३३ वर्षीय जयसिंह धामी बेपत्ता भएको निष्कर्ष निकालेको र त्यसमा संलग्नलाई कारबाही गर्न सरकारसँग माग गर्ने निर्णय भएको नेता नारायणकाजी श्रेष्ठले बताए ।

उनका अनुसार घटनामा संलग्न व्यक्तिलाई कारबाहीका लागि कूटनीतिक माध्यमबाट पहल गर्न सरकारसँग माग गरिएको छ । साउन १५ गते व्यास गाउँपालिका–२, मालघाटमा स्थानीय ३३ वर्षीय जयसिंह धामी भारतको बाटो हुँदै जिल्ला सदरमुकाम खलङ्गा जाने क्रममा तुइनबाट महाकाली नदी तर्दै गर्दा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइनको डोरी काटिदिएपछि महाकाली नदीमा डुबेर बेपत्ता भएका थिए ।