काठमाण्डु – नेकपा माओवादी केन्द्रले २० भदौभित्र उम्मेदवार सिफारिस गर्न निर्देशन दिएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि २० भदौंभित्र उम्मेदवार सिफारिस गर्न निर्देशन दिएको हो ।
बागमती प्रदेशका केन्द्रीय सदस्य र प्रदेशका पदाधिकारीको आइतबार ललितपुरमा बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २० भदौभित्र उम्मेदवारको नाम सिफारिस गर्न निर्देशन दिएका छन् ।
यसैगरी, बैठकले केन्द्रीय सदस्यको कार्यविभाजनसमेत गरेको छ । बागमती प्रदेशका प्रत्येक निर्वाचन क्षेत्रमा कम्तीमा एक केन्द्रीय सदस्य खटाउने बैठकको निर्णय छ ।




प्रतिक्रिया