नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दै

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – आज नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दैछ । समसामयिक राजनीतिक घटनाक्रमबारेमा छलफल गर्न बैठक बोलाइएको महासचिव देव गुरुङले बताएका छन् ।

पार्टी सङ्गठन विकास र विस्तारको विषयमा पनि छलफल हुने उनले बताए । केही दलहरूसँग भइरहेको एकता प्रयास र अहिलेसम्मका उपलब्धि पनि बैठकका एजेण्डा छन् ।

डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग एकताबारे माओवादीसँग सहमति भइसकेको छ । यस्तै माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीसँग एकताको चर्चा छ । आजको बैठकले पार्टी केन्द्रीय समितिको बैठकको मिति तोक्नेछ ।