काठमाण्डु – नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्ने भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार दिउँसो ३ बजे बस्न लागेको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले गर्न लागेको मन्त्रिपरिषद विस्तारमा के कसरी सहभागी हुने भन्ने विषयमा छलफल गर्न बैठक बस्न लागेको माओवादी केन्द्रका एक नेताले जानकारी दिए ।
आइतबार पनि माओवादीको स्थायी कमिटी बैठक बसेको थियो। उक्त बैठकले केन्द्रीय कमिटी बैठक १० दिन पर सार्दै साउन ३० मा बोलाउने निर्णय गरेको थियो।




प्रतिक्रिया