माओवादी केन्द्रको निर्वाचन कार्यतालिका स्थगित

माओवादी केन्द्रको निर्वाचन कार्यतालिका स्थगित


काठमाण्डु –  नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गतको निर्वाचन कार्यतालिका स्थगित भएको छ । आइतबार १ बजेसम्मका लागि निर्वाचन कार्यतालिका स्थगित भएको हो ।शनिबार रातिका लागि निर्वाचन कार्यक्रम तोकिएकाेमा ती सबै कार्यक्रम आइतबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको निर्वाचन समिति प्रमुख विष्णुपुकार श्रेष्ठले बताए ।

आज नै निर्वाचन समितिले मतदाता नामावली प्रकाशनदेखि उम्मेदवारी दर्ता हुँदै मतदानसम्मको कार्यतालिका सार्वजनिक गरेको थियो । यसबीचमा नेताहरुबीच सहमतिको प्रयास पनि भइरहेको थियो ।

माओवादीको विधानअनुसार महाधिवेशन प्रतिनिधिहरुले २९९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ । उक्त निर्वाचित कमिटीले अध्यक्षसहित १५ सदस्यीय पदाधिकारी निर्वाचित गर्ने छ ।