काठमाण्डु- नेकपा (माओवादी केन्द्र) का पूर्वस्थायी कमिटी सदस्यहरूको बैठक सुरु भएको छ । सत्तारुढ गठबन्धनको बैठक बस्नुअघि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा पूर्वस्थायी कमिटी सदस्यको बैठक बसेको हो ।
सत्ता गठबन्धनसँग भएको छलफलबारे जानकारी गराउन प्रचण्डले बैठक बोलाएका हुन् । महानगरको भागबण्डा मिलाउनको लागि सोमबार पनि गठबन्धन दलका नेताहरु छलफलमा जुटेका थिए । तर नेताहरुले आफ्नो अडान कायमै राखेपछि सहमति जुट्न सकेन । अब आज बस्ने बैठकमा भागबण्डाको टुंगो लाग्ने गठबन्धन दलका नेताहरुले दावी गरेका छन् ।




प्रतिक्रिया