माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरू,अग्नि सापकोटालाई उपाध्यक्ष बनाउने तयारी

माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरू,अग्नि सापकोटालाई उपाध्यक्ष बनाउने तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरू भएको छ। बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा स्थायी कमिटी बैठक सुरू भएको हो।

बैठकमा सरकारको कामकारबाही,पार्टी संगठन चलायमान र समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ।स्थायी कमिटी बैठकले पूर्वसभामुख अग्निप्रसाद सापकोटालाई उपाध्यक्ष बनाउने तयारी समेत छ ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रधानमन्त्री र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधान एवम् भौतिक पूर्वाधार मन्त्री बनेपछि पार्टीका बाँकी काम अगाडि बढ्न नसकेकोले अरुलाई जिम्मेवारी दिनुपर्ने पार्टीभित्र बहस चलेको छ।