माओवादी केन्द्रको स्थायी समिति बैठक सकियो,भोलि पुनः बस्ने

माओवादी केन्द्रको स्थायी समिति बैठक सकियो,भोलि पुनः बस्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक शुक्रबार बस्ने भएको छ । बिहीबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको बैठक शुक्रबार बिहान ११ बजे पुनः बस्नेगरी सकिएको हो।

बिहीबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री बनेपछिका घटनाको ब्रिफिङ गरेको पार्टी सचिव देवेन्द्र पौडेलले बताए। उनले माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीचको एकता प्रक्रिया छिट्टै टुंगिने बताए।

‘धेरै कुरा अगाडि बढाइसकेका छौँ’, उनले भने, ‘खालि नाम र शैलीको बारेमा प्रसंग चलेको छ। टुंगिन्छ।’उनले राष्ट्रपतिमा माओवादी केन्द्रले भनेको राष्ट्रिय सहमति एमाले सहितको भएको बताए।