माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी, यस्ता छन् एजेण्डा 

 माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी, यस्ता छन् एजेण्डा 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक बसिरहेको छ ।  मंगलबार पेरिसडाँडामा बसेको बैठकमा आगामी पुसमा हुने पार्टीको राष्ट्रिय सम्मेलनलगायतका विषयमा छलफल भइरहेको स्रोतले जनाएको छ ।

त्यसैगरी सोमबार बसेको स्थायी कमिटी बैठकमा उठेका विभिन्न कुराहरूको निर्णय आजको बैठकले गर्ने जनाइएको छ ।  माओवादी केन्द्रले आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने यसअघि नै निर्णय गरिसकेको छ ।

राष्ट्रिय सम्मेलनअघि पार्टी कमिटीका तल्ला तहका अधिवेशनहरू गर्ने तयारीमा रहेको सो पार्टीले आगामी साता कार्तिक १३ गते वडा सम्मेलन गर्नेछ ।