माओवादी पदाधिकारी बैठक पेरिसडाँडामा सुरु

माओवादी पदाधिकारी बैठक पेरिसडाँडामा सुरु

फाइल तस्बिर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु  – नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक सुरु भएको छ। राष्ट्रपति निर्वाचनलगायतका विषयमा छलफल गर्न पार्टी मुख्यालय पेरिस डाँडामा बैठक सुरु भएको हो।

गत पुस १० गते माओवादीलाई प्रधानमन्त्री र एमालेलाई राष्ट्रपति दिने सहमति भएको एमालेले दावी गर्दै आएपनि माओवादीले त्यसलाई अस्वीकार गर्दै आएका छन् । माओवादीले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको बटमलाइन बनाएको छ ।

पदाधिकारी बैठकअघि सो पार्टीका महासचिव देवप्रसाद गुरुङले राष्ट्रपति ‘कुनै दल विशेषको नहुने’ भन्ने धारणा राखे पछि माओवादीको स्थिति प्रकट भएको छ भने सोही विषयलाई लिएर पोखरामा अध्यक्ष प्रचण्डले १२ बुँदे समझदारी गर्ने दलहरू एकै ठाउँमा उभिनु पर्ने बताए पछि एमालेको प्रस्तावमा राष्ट्रपति हुने भन्ने विषय झन अन्यौल हुन पुगेको छ ।