काठमाण्डु – नेकपा (माओवादी केन्द्र) ले आगामी सम्मेलनको तालिकामा केही हेरफेर गरेको छ । मंगलबार पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले सदस्यता नवीकरण, टोल, वडा, पालिका सम्मेलनको मिति हेरफेर गरेको हो ।
आज बसेको बैठकले पार्टी सदस्यता नवीकरणका लागि यही कात्तिक २५ गतेसम्म म्याद थप गरेको स्रोतले जनाएको छ । टोल सम्मेलन कात्तिक २७ गतेसम्म, वडा सम्मेलन मंसिर ४ गतेसम्म, पालिकाको सम्मेलन मंसिर ११ गतेसम्म र मंसिर २५ गतेसम्म प्रदेश सम्मेलनको म्याद थप गरिएको छ ।
माओवादी केन्द्रले आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने यसअघि नै निर्णय गरिसकेको छ ।




प्रतिक्रिया