काठमाण्डु – नेकपा (माओवादी केन्द्र) ले १४९ जनाको केन्द्रीय सल्लाहकार समिति गठन गरेको छ । मंगलबार पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले १४९ सदस्य केन्द्रीय सल्लाहकार समिति र ९९ सदस्यीय ज्येष्ठ कम्युनिष्ट मञ्च गठन गर्ने निर्णय गरेको हो ।
त्यसैगरी आज बसेको बैठकले २५–२५ सदस्यीय निर्वाचन आयोग, लेखा आयोग र अनुशासन आयोगसमेत गठन गरेको छ । निर्वाचन आयोग विष्णुपुकार श्रेष्ठको अध्यक्षतामा, लेखा आयोग पेशलकुमार पोखरेलको अध्यक्षतामा र अनुशासन आयोग टंक राईको अध्यक्षतामा बनाइएको छ । माओवादी केन्द्रको स्थायी कमिटी बैठक सोमबार पनि बसेको थियो ।




प्रतिक्रिया