माओवादी केन्द्रले तोक्यो ३३ विभाग र प्रतिष्ठानका प्रमुख (सूचीसहित)

माओवादी केन्द्रले तोक्यो ३३ विभाग र प्रतिष्ठानका प्रमुख (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा (माओवादी केन्द्र) को बिहीबार बसेको स्थायी कमिटी बैठकले ३३ वटा केन्द्रीय विभागका प्रमुख चयन गरेको छ ।

आज पेरिसडाँडामा बसेको बैठकले ३३ वटा केन्द्रीय विभागलाई पूर्णता दिँदै ३५ सदस्य रहने गरि विभागका प्रमुख चयन गरेको हो ।  विभागबाहेक एउटा नीति अध्ययन प्रतिष्ठान गठन भएको स्रोतले जनाएको छ । स्रोतका अनुसार स्कूल विभागको इन्चार्जमा अध्यक्ष प्रचण्ड आफैं रहेका छन् ।

मंगलबार बसेको बैठकले वडा, पालिका स्तरको सम्मेलनको कार्यतालिका हेरफेर गरेको थियो । माओवादीले कात्तिक २७ मा टोल, मंसिर ४ मा वडा, मंसिर ११ मा पालिका र मंसिर २५ मा प्रदेश सम्मेलन गर्ने निर्णय गरेको छ । आगामी पुस ११ देखि १३ सम्मम राष्ट्रिय सम्मेलन गर्ने यस अघि नै निर्णय गरिसकेको छ ।

यी हुन् ३३ विभाग र प्रतिष्ठानका प्रमुख:

. अर्थ तथा योजना विभाग- वर्षमान पुन

. संगठन विभाग- जनार्दन शर्मा

. विदेश मामिला विभाग-नारायणकाजी श्रेष्ठ

. प्रचार तथा प्रकाश विभाग- कृष्णबहादुर महरा

. विपद व्यवस्थापन विभाग- सूर्य सुवेदी

. उद्योग मामिला विभाग- वामदेव क्षेत्री

. कृषि तथा भूमिसुधार विभाग-हरिबोल गजुरेल

. उपभोक्ता हित संरक्षण विभाग-मात्रिका यादव

. कोष तथा आर्थिक विभाग-डोरप्रसाद उपाध्याय

. खानेपानी विभाग-विना मगर

. जलस्रोत तथा ऊर्जा-लिलामणी पोखरेल

. निर्वाचन विभाग-खिमलाल देवकोटा

. कानून विभाग-मुक्ति प्रधान

. पर्यटन विभाग-झक्कुप्रसाद सुवेदी

. प्रादेशिक मामिला विभाग-पर्शुराम तामाङ

. पार्टी स्कूल विभाग-गिरिराजमणी पोखरेल

.पुस्तकालय तथ अभिलेख-नारायणप्रसाद शर्मा

. भौतिक पूर्वाधार विभाग-हरि अधिकारी

. युवा तथा खेलकुद विभाग-गणेशमान पुन

. राजकीय मामिला विभाग-रेखा शर्मा

. राष्ट्रिय सुरक्षा विभाग-कृष्णबहादुर महरा

. वन तथा वातावरण-शक्ति बस्नेत

. विज्ञान तथा प्रविधि विभाग-गणेश साह

.शिक्षा तथा मानवस्रोत विभाग-मायाप्रसाद शर्मा

. श्रम तथा रोजगार विभाग-रामेश्वर राय यादव

. संघीय संसदीय विभाग-देव गुरुङ

.समाज कल्याण विभाग-सत्या पहाडी

. सहकारी तथा गरिवी विभाग-धर्मदत्त देवकोटा

. शहरी विकास विभाग-देवेन्द्र पौडेल

. सामान्य प्रशासन विभाग-टेकबहादुर बस्नेत

. साहित्य तथा कला विभाग-गोपाल ठाकुर

. स्थानीय तह विभाग-उर्मिला अर्याल

. स्वास्थ्य तथा जनसंख्या विभाग-कल्पना धमला

. नीति अध्ययन प्रतिष्ठान-रामचन्द्र झा