सबै समूहहरूको समानुपातिक प्रतिनिधित्व हुने गरी समिति निर्माण गर्ने माओवादीको निर्णय

सबै समूहहरूको समानुपातिक प्रतिनिधित्व हुने गरी समिति निर्माण गर्ने माओवादीको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –नेकपा (माओवादी केन्द्र) को मंगलबार बसेको बैठक सकिएको छ । महाधिवेशनस्थल प्रज्ञा प्रतिष्ठानमा मंगलबार बसेको स्थायी समिति बैठकले संविधानको व्यवस्थाअनुसार सबै समूहहरूको समानुपातिक प्रतिनिधित्व हुने गरी समिति निर्माण गर्ने स्रोतले जनाएको छ ।

स्रोतका अनुसार युवा, महिला, मुस्लिम, आदिवासी जनजाति लगायतको समानुपातिक प्रतिनिधित्व हुने गरी समिति निर्माण गर्ने समझदारी भएको छ । त्यसैगरी अध्यक्ष पुष्पकमल दाहालको प्रतिवेदनमाथि भइरहेको समूहगत छलफलमा केन्द्रीय नेताहरू पनि सहभागी भएर सहजीकरण गर्ने जनाइएको छ ।