-वसन्त खड्का
बेइजिङ – इन्जिनियरिङ क्षेत्रकै चमत्कार मानिएको चीन दिनप्रतिदिन चमत्कार गर्दै गएको छ । चीनले १ खर्ब २४ अर्ब ९८ करोड २० लाख रुपैयाँ (११ अर्ब अमेरिकी डलर) मा निर्माण गरेको विशाल विमानस्थल ‘स्टारफिस’ खुला भएको छ । मुलुकको ७० औं वार्षिकोत्सव (राष्ट्रिय दिवस) को केही दिन मात्रै बाँकी रहँदा उक्त विमानस्थल खुला गरेको थियो ।
बेइजिङको विमानस्थल अमेरिकाको अटलान्टापछि विश्वकै दोस्रो सबैभन्दा ठूलो हवाई अड्डा भएको जनाएको छ । कम्युनिष्ट नेता माओत्सेतुङको नेतृत्वमा चीनमा साम्यवाद स्थापना भएको सन् १९४९ देखि सन् २०१६ सम्मको ७० वर्षमा चीन विश्वको शक्तिसम्पन्न राष्ट्रको सूचीमा उभिन पुगेको छ । समयको गति चिनेर माओत्सेतुङपछि चिनियाँ नेता तेङ स्याओपिङको नेतृत्वमा खुला नीति अवलम्बन गरेर साम्यवादको सफल कार्यान्वयनपछि चीनले संसारमा चमत्कार देखाएको छ ।

चीन विश्वको समृद्ध राष्ट्रको रुपमा देखिदँैछ । बेलायती साम्राज्यले चीनमा आएर चिनियाँ नागरिकहरुलाई कमजोर र गरिब बनाएर चिनियाँ स्रोत तथा सम्पत्ति लुटेकाले चीनमा साम्यवादी व्यवस्थापछि चीनले साम्राज्यवादीको खोइरो खनेको थियो । चीन सरकार र चिनियाँ जनता चीनको सार्वभौमसत्ताको सुदृढीकरणमा सधैँ जागरुक रहन्छन् । चीनको सम्पूर्ण, जमीन, उद्योग, भवन, जनता बस्ने घर, निवास सरकारको अधीनमा हुन्छन् । कुनै पनि चिनियाँले आफ्नो इच्चाअनुसार स्वतन्त्रतापूर्वक काम गर्छन् ।

चीनमा राष्ट्रवादी नेता माओत्सेतुङले सम्राज्यवादविरुद्ध चिनियाँ जनता संगठित गरेर ठूलो संघर्षकासाथ सन् १९४९ मा जनगणतन्त्र घोषणा गरेर त्यसैबाट चीनलाई आधुनिककरण गर्ने महायक्षमा समाहित हुन पुगे । तेनमेन स्क्वाएरको सम्पूर्ण घर, झुप्रा भत्काएर आधुनिक मैदान बनाए । तेनमेन स्क्वाएरको अर्कोपट्टि ग्रेट हल अफ चीनको निर्माण गरेर राष्ट्रपति, मत्रिन्परिषद्, अन्तर्रा्ष्ट्रिय भेटघाट लगायत सरकारी कामकाजको केन्द्र बनाए । ग्रेट हलले धेरै भूभाग ओगटेको छ । चीन साम्राज्यवादी शक्तिसँग डराएन । चीनमा ठूलो उथलपुथल आयो ।

चीनको नेतृत्व तहमा रहेका देशभक्त र राष्ट्र निर्माणमा सधैँ सरिक छन् । चीन अहिले भौगोलिक रुपमा मात्र होइन, भौतिक उन्नतिका हिसाबले संसारकै उच्चकोटीको समृद्ध राष्ट्रका रुपमा देखा परेको छ । माओले करिब तीन दशक शासन गरे । माओत्सेतुङको शव बडो सम्मानका साथ तेनमेन स्क्वाएर छेउको ऐतिहासिक घरमा राखिएको छ । माओपछि तेङ सियाओ पिङ सत्तामा आएपछि उनले समाजवादी अवधारणाबाट खुला अर्थतन्त्र निजीकरण गराएर चीनको विकासमा ठूलो परिवर्तन ल्याउने काम गरे ।
शहर र गाउँमा केही फरक परे पनि जनताका लागि सबैलाई समान व्यवहार गर्ने चिनियाँ नीति छ । चीनको सत्तामा हरेक नेतृत्वको समय अवधि ५ वर्ष र बढीमा १० वर्ष तोकिएकाले हरेका १०–१० वर्षमा चीनको सत्ता परिवर्तन हुने परिपाटी बसेको छ । माओत्सेतुङको मार्गदर्शनलाई नबिगारी चिनियाँ जनताको इच्छा बुझेर तेङ सियाओ पिङबाट जुन योगदान भए, त्यही नै अहिलेको चीनको चमत्कार हो ।
विशेष गरी पछिल्लो दिनमा चीनले अफ्रिकी मुलुकहरुमा लगानी बढाएको छ । अफ्रिकी देशमा प्राकृतिक रुपमा प्राप्त भएका खनिज, सुन, इन्धन, कोबाल्ट, स्टिल तथा यूरेनियमको खानी रहेको छ । संसारभर नै आपूर्ति हुने सुनको करिब ५६ प्रतिशत हिस्सा अफ्रिकी देशहरुमा रहेको छ ।
चीनको एक्जिम बैंकले इथोपिया, अंगोला, केन्या, सुडान, क्यामरुन, डेमोक्रेटिक रिपक्लिक अफ कंगोमा वृहद तथा विशेष लगानी गरेको छ । यस्तै इजिप्ट, नाइजेरिया, अल्जेरिया, दक्षिण अफ्रिका, मोजाम्बिक, नाइजर, जाम्बिया र मोरक्कोमा समेत पछिल्लो १४ वर्षमा ३०० प्रतिशत बढीले लगानी बढाएको छ ।
गरिबी, भोक, रोग र शोकमा रहेको अफ्रिकी देशहरुमा चीनले गरेको लगानीको प्रयोजन के हो त ? ती देशहरुमा नै प्रश्न उठन थालेको छ । यद्यपि ती देशमा रेलमार्ग, विशाल हवाई मैदान, सडक निर्माणमा चीनले ठूलो धनराशी खन्याएको छ । सन् २००० मा चीन र अफ्रिकाको व्यापार मात्रै १० बिलियन अमेरिकी डलर बराबरको रहेको थियो । सन् २०१४ मा आइपुग्दा त्यो बढेर २२० बिलियन पुगेको छ । त्यो सन् २०१८ को अन्त्यमा पुग्दा करिब ५०० विलियनको हाराहारीमा पुग्ने अनुमान गरिएको छ ।
चीनले अंगोला र नाइजेरियाबाट इन्धन र सुडानबाट तामा, जाम्बिया र कंगोबाट तामा र नामिबयिाबाट यूरेनियम लिएको छ । लगानी योग्य रकमको अभावमा रहेका विशाल र भीमकाय खानी अहिले चीनको कब्जामा पुगेको छ । यस्तै कंगोको विशाल माइन खानी समेत चीनको स्वामित्वमा पुगेको छ ।
अन्तर्रा्ष्ट्रिय मुद्रा कोषका अनुसार चिनियाँ लगानी र व्यापार सन् २००३ को तुलनामा अहिले १५० बिलियन अमेरिकी डलरले वृद्धि भएको छ । जबकि अमेरिकी व्यापार घटेर ५० बिलियन डलर भन्दा कम हुन पुगेको छ । चीनले ५२ वटा कुटनीतिक नियोग तथा दूताबास अफ्रिकी देशमा स्थापना गरेको छ । जबकि अमेरिकाको ४९ वटा मात्रै रहेको छ । २ हजार शान्ति स्थापक सैनिक कंगो, माली, लिबियिा , सुडान र दक्षिणी सुडानमा तैनाथ गरिएको छ ।
विगतमा अमेरिकाले अफ्रिकी देशमा जमाएको एकाधिकार पछिल्लो समयमा चीनको पोल्टामा पुगेको छ । तर जनतामा भने चिनियाँप्रतिको धारणा अफ्रिकी देशमा बढ्ता रहेको छ । अफ्रिकाका करिब ७० प्रतिशत जनता चीन तथा चिनियाँ लगानी आफूहरुको हितमा रहेको ठान्छन् ।
चीनका इन्जिनीयरहरूले गुइझु प्रान्तमा ५५० मिटर लामो शीशाको वाटर स्लाइड बनाएका छन् । उक्त स्लाइड जंगल हुँदै ३२८ फीटको उचाइमा पुग्छ र जमीनतिर पुग्छ । शीशाको पिँध भएको स्लाइड बनाउन ७० लाख युआन खर्च गरिएको छ ।
यो होङ्गुओशुको सुन्दर स्थलमा अवस्थित छ । कुल १० वर्ग्किलोमिटरमा फैलिएको यो ठाउँ झरना र चुनका ठूला गुफाका लागि प्रख्यात छ ।














प्रतिक्रिया