माओवादी नेताहरुको प्रतिक्रियाः प्रतिगमन परास्त भो !

माओवादी नेताहरुको प्रतिक्रियाः प्रतिगमन परास्त भो !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रका नेताहरुले सर्वोच्च अदालतको फैसलापछि प्रतिगमन परास्त भएको प्रतिक्रिया दिएका छन् ।

माओवादी नेता जनार्दन शर्माले प्रतिगमन परास्त भएको बताएका छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपछि उनको यस्तो प्रतिक्रिया आएको हो ।

त्यस्तै माओवादी केन्द्रका अर्का नेता शक्तिबहादुर बस्नेतले जनताको जित भएको बताएका छन् । उनले अदालतको फैसलाले जनता, जनप्रतिनिधि संस्था र न्यायालयको ओज एवम गरिमा बढेको पनि बताएका छन् ।

‘सर्वोच्चद्वारा दोस्रो पटक संसद पुनस्थापना, शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी ! फेरि एकपटक जनताको जित भएको छ । यो फैसलाले जनता, जनप्रतिनिधि संस्था र न्यायालयको ओज एवम गरिमा बढेको छ । धन्यवाद साथै बधाई सम्बन्धित सबैलाई’, उनले भनेका छन् ।