संघीय नेपालको नक्सामा कालापानी र लिपुलेक पनि समावेश

संघीय नेपालको नक्सामा कालापानी र लिपुलेक पनि समावेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं –सरकारले संघीय संरचना बमोजिम तयार पारेको नेपालको प्रशासनिक नक्सा सार्वजनिक गरेको छ।

नापी विभागले बिहीबार आयोजना गरेको कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले
नक्सा सार्वजनिक गरेकी हुन्।

सार्वजनिक नक्सामा ७ वटै प्रदेश, त्यसको सीमाना, ७७ वटा जिल्ला र त्यसको सिमाना, अन्तराष्ट्रिय विमानस्थल, मुख्य–मुख्य नदी, खोला र ताल मात्रै उल्लेख छ।
सबै प्रदेशको नामकरणसमेत नभएकाले नक्सामा सबै प्रदेशको नाम उल्लेख गर्न नसकिएको पनि मन्त्री अर्यालले बताइन्।

प्रदेशस्तरको र ७ सय ५३ वटै स्थानीय तहको नक्सा पनि छिट्टै सार्वजनिक गरिने जनाइएको छ। सो नक्सा नापी विभागको वेबसाइट डिओस डट जिओभी डट एनपी मा राखिएको छ।

यसैगरी, यसअघि निशान छापमा समेत लिपुलेक र कालापानी नेपालको नक्साबाट गायब भएको भन्ने आरोप लाग्दै आएकोमा संशोधन गरिएको नक्सामा लिपुलेक र कालापानी समेत नक्सामा राखिएको छ । यो संशोधनलाई नापी विभागले नक्साको तेस्रो संशोधन भनेको छ ।