म्याराडोनाको हृदयघातका कारण निधन

म्याराडोनाको हृदयघातका कारण निधन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – विश्‍वप्रसिद्ध फुटबलर डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा निधन भएको छ । केही समययता अस्वस्थ रहँदैआएका म्याराडोनाको झण्डै एक महिनाअघि शल्याक्रिया गरिएको थियो ।

घरमै रहेका बेला उनलाई हृदयघात भएको हो । दुई हप्ता पहिले ब्लड कल्ट बनेपछि उनको मस्तिष्कको शल्यक्रिया भएको थियो ।म्याराडोनालाई विश्वका सर्वकालिन सर्वोत्कृष्ट फुटबलरका रुपमा लिइन्छ । बिस्तारित खेल जीवनमा उनले सन् १९८६ मा अर्जेन्टिनालाई विश्वकप फुटबलको उपाधि दिलाएका थिए । उनले बोका जुनियर, नापोली र बार्सिलोनाबाट व्यवसायिक फुटबल खेलेका थिए ।

पछिल्लो पटक २०१० को विश्वकपमा म्याराडोनाले राष्ट्रिय टीमको व्यवस्थापन गर्ने अवसर पाएका थिए । त्यसबेला उनले अर्जेन्टिनाले विश्वकप जितेमा नांगै हिँड्ने अभिव्यक्ति दिएका थिए । तर दक्षिण अफ्रिकामा भएको उक्त विश्वकपमा अर्जेन्टिना सेमी फाइनलमा पनि प्रवेश गर्न पाएन ।

म्याराडोनाका वकिलका अनुसार उनी ८ दिनको अस्पतालको उपचारपछि नोभेम्बर ११ मा डिस्चार्ज भएका थिए । बुधबार उनको निधनको खबर बेलायती मिडियाले दिएका छन् ।