म्यारोडोनाको निधनपछि पेलेले भनेः आमी आकाशमा सँगै फुटबल खेल्नेछौं


एजेन्सी – ब्राजिल फुटबलका पिता मानिने पेलेले बिश्वप्रसिद्ध फुटबलर डिएगो म्यारोडोनाको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

अर्जेन्टिनालाई विश्वकप फुटबलको उपाधि जिताएका कप्तान म्यारोडोनाको बुधबार हृदयघातका कारण ६० वर्षको उमेरमा निधन भएको थियो । पेलेले सामाजिक सन्जालमार्फत म्यारोडोनाको निधनपछि उनको परिवारलाई ईश्वरले शक्ति दिऊन् भनेका छन् ।

पेलेले लेखेका छन्, “यहाँ धेरै कुरा भन्नुपर्नेछ । त्योभन्दा पहिला उनको परिवारलाई शक्ति मिलोस् । मलाई आशा छ हामीआकाशमा सँगै फुटबल खेल्नेछौं । मैले एक राम्रो साथी र लिजेन्ड गुमाए ।”

मस्तिष्कको ब्लड क्लोटको शल्यक्रिया गरिएका म्यारोडोना दुई साताअघि मात्र डिस्चार्ज भएका थिए । म्यारोडोनाले अर्जेन्टिनालाई सन् १९८६ मा विश्वकपको उपाधि दिलाएका थिए । अर्जेन्टिनाका लागि म्यारोडोनाले १९७७ देखि १९९४ सम्म खेलेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement