काठमाण्डु– अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानसँगको युद्ध अन्त्यतर्फ लक्षित सम्झौता (आज) सोमबार हुन सक्ने बताएका छन् ।
भारत भ्रमणका क्रममा नयाँदिल्लीमा पत्रकारहरूसँग कुरा गर्दै रुबियोले सम्भावित सम्झौताबारे अपेक्षा जीवित रहेको भन्दै आज सम्झौता हुन सक्ने बताएका हुन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार आफ्ना वार्ताकारहरूलाई ‘हतार नगर्न’ निर्देशन दिएपछि रुबियोले यस्तो अभिव्यक्ति दिएका हुन् । ट्रम्पको उक्त भनाइलाई सम्भावित सम्झौताबारे बढेको अपेक्षा केही संयमित बनाउने प्रयासका रूपमा हेरिएको छ ।
वार्ताबाट सकारात्मक परिणाम निस्किन सक्ने विश्वास रुबियोले गरेका छन् । उनले सम्भावित सहमतिले क्षेत्रीय सामुद्रिक मार्ग खुला राख्ने तथा खाडी क्षेत्रमा स्थायित्व कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्ने धारणा पनि राखे ।
रुबियोले वार्ताको केन्द्रमा समुद्री मार्गहरूको सञ्चालन र सुरक्षा रहेको सङ्केत गर्दै यस विषयमा टेबलमा पर्याप्त ठोस प्रस्तावहरू रहेको बताए ।




प्रतिक्रिया