शिकागोमा बन्दुक हमला, २ जनाको मृत्यु

शिकागोमा बन्दुक हमला, २ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – अमेरिकाको शिकागोमा भएको बन्दुक हमलामा कम्तीमा २ जनाको मृत्यु भएको छ । फास्ट फूड रेस्टुरेन्ट बाहिर झगडापछि भएको बन्दुक हमलामा अन्य १० जना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ ।

आक्रमणबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ । शिकागोका प्रहरी प्रवक्ता टम एहर्नले भने, ‘शुक्रबार राति ११ बजेतिर त्यहाँ केहीले एकपछि अर्को गर्दै बन्दुकको गोली चलेको सुनेका थिए ।’

आक्रमणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । केही दिनअघि न्युयोर्क राज्यको एउटा सुपरमार्केटमा गोली चल्दा १० जनाको मृत्यु भएको थियो ।