मरियम नवाज सरिफ बनिन् पाकिस्तानकै पहिलो महिला मुख्यमन्त्री

मरियम नवाज सरिफ बनिन् पाकिस्तानकै पहिलो महिला मुख्यमन्त्री


काठमाण्डु- पाकिस्तान मुस्लिम लिग-नवाज पार्टीकी वरिष्ठ उपाध्यक्ष मरियम नवाज शरीफ सोमबार पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको पहिलो महिला मुख्यमन्त्री निर्वाचित भएकी छिन्। प्रान्तीय विधानसभाका सभामुख मलिक मुहम्मद अहमदले उनी मुख्यमन्त्री बनेको घोषणा गरेका हुन्।

पूर्वप्रधानमन्त्री नवाज शरीफकी छोरी मरियमले सुन्नी इत्तेहाद काउन्सिलका उम्मेदवार अफताब अहमद खानलाई पराजित गर्दै मुख्यमन्त्री निर्वाचित भएकी हुन्।

आरक्षित सिटसम्बन्धी केही विषयमा छलफल गर्न नदिएपछि खान र उनको पार्टीका सदस्यहरूले विधानसभा सत्रबाट बाहिरिए र मतदान प्रक्रिया बहिष्कार गरेका थिए। ५० वर्षीया मरियम सन् १९४७ मा स्वतन्त्रतापछि पाकिस्तानको कुनै पनि प्रान्तको पहिलो महिला मुख्यमन्त्री भएकी हुन्।