काठमाण्डु– मार्क कार्नी क्यानडाको नयाँ प्रधानमन्त्री बनेका छन् । लिबरल पार्टीले सोमबार कार्नीलाई क्यानडाको प्रधानमन्त्री घोषणा गरेको हो ।
लिबरल पार्टीका अध्यक्ष सचित मेहराले लिबरल नेतृत्वको दौडमा ब्रिटिस र क्यानेडियन केन्द्रीय बैंकका पूर्वप्रमुख मार्क कार्नीको विजय घोषणा गरे।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार नेतृत्व प्रतिस्पर्धामा कार्नीले कुल १ लाख ३१ हजार ६७४ मत प्राप्त गरे जुन कुल मतको लगभग ८५.९ प्रतिशत हो।
उनका प्रतिद्वन्दी पूर्वअर्थमन्त्री क्रिस्टिया फ्रिल्यान्डलाई ११ हजार १३४, र पूर्वसरकारी सदन नेता करिना गोल्डले ४ हजार ७८५ र फ्र्याङ्क बेलिसले ४,०३८ मत प्राप्त गरे।
राजीनामाको घोषणा गरेका प्रधानमन्त्री जस्टिन ट्रुडोको स्थानमा अब ५९ वर्षीय कार्नी रहने छन् ।





प्रतिक्रिया