‘बुहविवाहले व्यक्ति र परिवारलाई मात्र होइन, समाज र राष्ट्रमा असर गर्छ’

‘बुहविवाहले व्यक्ति र परिवारलाई मात्र होइन, समाज र राष्ट्रमा असर गर्छ’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकले बहुविवाहको विषयले सामाजिक, पारिवारिक हिंसा, विखण्डन जस्ता कुरालाई आश्रय दिने बताएकी छन् ।

बिहीबार काठमाण्डुमा आयोजित ‘सुनिता रेग्मी लैंगिक न्याय संवाद शृंखला’ कार्यक्रममा उनले बुहविवाहले व्यक्ति र परिवारलाई मात्र होइन, पूरै समाज र राष्ट्रमा असर पुर्‍याउने भन्दै लैंगिक समानताको दृष्टिकोणले पनि स्वीकार्य नभएको बताइन् ।

उनले भनिन्, ‘महिला हिंसा अन्तर्गत पर्ने एउटा विषय बहुविवाह पनि हो । महिला हिंसाको कुरा आउँदा बहुविवाह पनि यसमा जोडिन्छ । यो लैंगिक समानताको दृष्टिकोणले पनि स्वीकार्य विषय होइन । बुहविवाहले व्यक्ति र परिवारलाई मात्र असर होइन, पूरै समाज र राष्ट्रमा असर पुर्‍याउने भएको हुनाले यसलाई समाज विरुद्धको अपराध अथवा कसुर मानेर कानूनले व्यवस्था गरेको मानिन्छ । यसबाट सामाजिक, पारिवारिक हिंसा, विखण्डन जस्ता कुराले आश्रय पाउने पनि देखिन्छ ।’

बहुविवाह भनेको महिलाले धेरै श्रीमान् र पुरुषले धेरै श्रीमती राख्न पाउने कानून भए तापनि कानूनमा विवाहित महिलाले परपुरुषसँग सम्बन्ध राखे पहिलाको श्रीमानसँग स्वत: सम्बन्धविच्छेद हुने तर पुरुषको हकमा त्यो लागू नहुने कानून रहेको पनि उनले उल्लेख गरेकी छन् ।

उनले भनिन्, ‘बहुविवाह बदरयोग्य विवाह हो । यो विवाहलाई कानूनले मान्यता दिँदैन भन्ने कुराको चेतना फैलाउनको लागि आवश्यक छ । बहुविवाह भनेको महिलाले धेरै श्रीमान् र पुरुषले धेरै श्रीमती राख्न पाउने हो तर हाम्रो कानूनमा विवाहित महिलाले परपुरुषसँग सम्बन्ध राख्छ भने उसको पहिलो पुरुषसँग स्वत सम्बन्धविच्छेद हुने भनिएको छ । तर पुरुषको लागि त्यस्तो थिएन ।’

बहुविवाहलाई कसूरको रूपमा लिएर यसलाई नियन्त्रण गर्नको लागि कानूनहरू आएको उनको भनाइ छ ।