१०३ वर्षीय वृद्धले गरे २७ वर्षकी युवतीसँग विवाह

१०३ वर्षीय वृद्धले गरे २७ वर्षकी युवतीसँग विवाह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – कयौं पटक तपाईले सुन्नु भएको होलाकि उमेर एक नम्बर मात्रै हो, यसका अलावा केही होइन । यसलाई इन्डोनेशियामा बस्दै आएका १०३ वर्षीय पुआङ कट्टेले चरितार्थ गरेका छन् । उनले करीब ७६ वर्ष कान्छी अर्थात २७ वर्षीया महिलासँग विवाह गरेका छन् । सोशल मीडियामा उनको तस्बिर व्यापक भाइरल भइरहेको छ ।

मीडियाका अनुसार पुआङ एक डच कर्नेल हुन् । उनले १९४५–१९४९ को लडाइमा हिस्सा लिएका थिए । दुलही इन्डो अलंगका एक नातेदारले दुलाहाको उमेर कति थियो भन्ने आफुलाई थाहा नभएको बताएका छन् । तर दुलाहाको उमेर १०० वर्ष नाघिसकेको भन्ने उनलाई थाहा थियो ।

विवाहपछि जब दुलाहा–दुलहीको उमेरको बारेमा खुलासा भयो, तब सबै अचम्मित भए । दुलाहा बनेको पुआङले केटी पक्षलाई दाइजो समेत दिएका थिए । उनले ४०,००० रुपैयाँ र एक सुनको औठी दिएर ती महिलासँग विवाह गरेका थिए ।
लिन्टास आई न्यूजका अनुसार वृद्ध पुआङको महिलासँग महिलाले आफ्नो बोइफ्रेन्डसँग ब्रेकअप गरेपछि भेट भएको थियो । उक्त समयमा केटाले महिलालाई धोका दिएको थियो ।

यसपछि दुवैबीच सामिप्यता बढ्यो र शारीरिक सम्बन्ध पनि बन्यो । युवतीले आफु गर्भवती भएको पाइन् । यसपछि उनले विवाह गर्ने फैसला गरिन् । यो घटना हेरेर तपाईको मनमा जीजु बाउको उमेरेको मानिस पनि पिता बन्न सक्छ भन्ने जिज्ञासा आयो भने यसको उत्तर हो भन्ने आउछ । १०३ वर्षीय पुआङ हाल नजन्मिएको बच्चाको पिता भएका छन् ।

स्थानीय मीडियाका अनुसार पुआङको नयाँ पत्नीको यो दोस्रो विवाह हो । उनले आफ्नो पतिसँग सम्बन्ध विच्छेद पनि गरिसकेकि थिइन् । किनकी उनको पहिलो पतिले उनलाई अपमान गर्थे ।