जापान र दक्षिण कोरियाले विवाह गर्न युवालाई पैसा बाड्ने


एजेन्सी – दक्षिण कोरिया र जापानमा महिलाले विवाह नगर्नाले आर्थिक संकट पैदा हुने खतरा बढिरहेको छ । यी दुई मुलुकमा महिलाको कैयौ यस्ता समूह छन्, जो विवाह गर्न र आमा बन्नका लागि आनाकानी गरिरहेका छन् । यी दुवै देश विश्वकै सर्वाधिक कम जन्म दर भएका देशहरुमा पर्छन् । सर्वा्धिक कम जन्म दर हुने देशमा जापान पहिलो रहेको छ भने दक्षिण कोरिया आठौं स्थानमा रहेको छ ।

दक्षिण कोरियामा त कतिपय महिला ‘नो म्यारिज वुमन’ अभियाननै चलाइरहेका छन् । यसको माध्यमबाट महिलालाई ४ चीजबाट बच्ने सल्लाह दिँइदै आएको छ । यी महिलाले नो डेटिङ, नो सेक्स, नो म्यारिज तथा नो चिल्ड्रेन विश्वास गर्नका लागि आग्रह गर्दै आएका छन् ।

महिलाको विवाहको दरमा कमी आएकाले कैयौ विवाह गर्ने हल बन्द हुन थालेका छन् । याहाँ सरकार यतिसम्म चिन्तित भएको छ कि युवालाई विवाहमा प्रोत्साहित गर्न थालेको छ र विवाहका लागि पैसा समेत दिन थालेका छन् ।

एक दसक पहिलेसम्म ४७ प्रतिशत कोरियाली महिला विवाह गर्न जरुरी भएको मान्ने गरेका थिए । तर गत वर्ष गरिएको सर्वेक्षणमा २२.४ प्रतिशत महिला मात्रै विवाह गर्नु जरुरी भएको मान्ने गरेको देखाएको छ । यसले दक्षिण कोरियाको विवाहको अवस्था भयावह भएको मान्न सकिन्छ ।

दक्षिण कोरियाको सरकार विवाह गर्न र पिता बन्नका लागि प्रोत्साहन योजना चलाइरहेको छ । याहाँ को कैयौ प्रान्तमा त सरकार महिलासँग उनीहरुको लम्बाई, वजन, फोटो तथा बायोडाटा माग्न थालेको छ । जनसंख्यामा आएको कमीका कारण दक्षिण कोरियाको श्रम शक्ति प्रभावित हुन थालेको छ । दक्षिण कोरियाली राजधानी सोलमा त २० प्रतिशत भन्दा बढी म्यारिज हल बन्द भइसकेको छ । सोलको कैयौ विद्यालयमा पढ्नका लागि बच्चाको कमीका कारण स्कुल बन्द गर्न थालिएको छ ।

जापानमा महिलालाई बच्चा जन्माउन आग्रह

जापानको आबादी तीव्र रुपमा बुढोपनातर्फ बढिरहेको छ । जसका कारण समाज तथा देशको अर्थव्यवस्था दुवैमा असर पर्न थालेको छ । कोरिया जस्तै जापानमा पनि युवाहरु विवाह गर्न अस्वीकार गर्दै आएका छन् ।

कम बच्च तथा कम युवा आवादी देशका लागि संकट बन्न थालेको छ । यस कारण सरकार महिलालाई दोस्रो बच्चालाई पनि जन्म दिनका लागि अनुरोध गर्न थालेका छन् । जसका कारणबाट युवा जनसंख्या बढाउन सकिन्छ । यसले देशको जन्म दरमा पनि वृद्धि गर्न सकिने जापानी सरकारको धारणा रहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement