जुम्लामा मार्सी धान भित्र्याउने चटारो

जुम्लामा मार्सी धान भित्र्याउने चटारो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जुम्ला – तिहारको चटारोसँगै यतिबेला जुम्लाका किसानलाई जुम्ली मार्सी धान काट्न र थन्क्याउन भ्याइँनभ्याइँ छ ।

विश्वको अग्लो स्थान छुमचौरीदेखि ८ वटै स्थानीय तहमा रहेका खेतका लटरम्म फाँटमा झुलेका कालीमार्सी जातको धान उत्पादन हुने गर्छ । धान पाक्ने सिजन भएकाले किसानहरू व्यस्त बनेका हुन् ।

पछिल्ला वर्षहरूमा जुम्ली काली मार्सी धान उत्पादन घट्दै गइरहेको छ । कात्तिक महिनाको पहिलो हप्ता मात्र धान काट्ने धान पछिल्ला वर्षहरूमा तापक्रम बढेकाले चाँडै भित्र्याउने गरिन्छ ।

जिल्लाभर २ हजार ९५० हेक्टरमा धान खेती हुने भएको भए पनि अहिले ६ हजार ३७७ मेट्रिकटन भन्दा बढी धान उत्पादन हुने गरेको तथ्यांक छ ।