थुनिएको मस्र्याङ्दी नदी आफैं बग्न थाल्यो

थुनिएको मस्र्याङ्दी नदी आफैं बग्न थाल्यो


काठमाण्डु – मनाङको ङिस्याङ गाउँपालिका ४ हुम्देमा थुनिएको मस्र्याङ्दी नदी आफैं बग्न थालेपछि तत्काललाई ठूलो जोखिम टरेको छ ।

शनिबार दिउँसो दुवैतिरबाट पहिरो जाँदा मस्र्याङ्दी नदी थुनिएर ताल बनेको थियो। जिल्ला प्रहरी कार्यालय मनाङका डीएसपी सुवास खड्का अनुसार कमजोर खालको माटोसहितको पहिरो खसेकाले केही समयमै पानीले आफैं बाटो बनाएर बग्न थालेपछि ठूलो क्षतिको सम्भावना टरेको हो।

करिब आधा घण्टापछि नै नदी बग्न थालेको डीएसपी खड्काले बताए। उनले भने ‘साना—ठूला पहिरो त गइरहेका छन्। तर नदी थुनिने सम्भावना भने अहिलेसम्म देखिएको छैन।’

त्यसैगरी यस वर्षको मनसुनको सुरुमै अध्यधिक वर्षाका कारण मनाङमा ठुलो क्षति भएको डीएसपी खड्काले जानकारी दिए।