तिहार विशेषः भाइमसालाको मूल्य कति ? (सूचीसहित)

तिहार विशेषः भाइमसालाको मूल्य कति ? (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपालीहरुको दोस्रो महान पर्व तिहारले छपक्कै छोएको छ । तिहार लागेसँगै किनमेल गर्नेको पनि भिड लाग्न थालेको छ ।

विशेषगरी राजधानी काठमाडौंको असनलगायतका क्षेत्रमा किनमेल गर्ने भीड लाग्न थालेको हो । तिहारमा भाइमसाला किनमेल गर्नेहरुको भीड लाग्न थालेको छ ।

आजबाट तिहार सुरु भएको छ । आज कागको विशेष पूजा गरिएको छ । विशेषत कुकुर तिहार, लक्ष्मी पूजा र गोर्वधन पूजाको दिन अत्यधिक भाइमसला बिके पनि अहिले पनि व्यापार राम्रो भइरहेको व्यापारीहरू बताउँछन् ।

साधारणतया फुटपाथमा ५०, १ सय र १ सय ५०, २ सय, तीन सय रुपैयाँको भाइमसालाको प्याकेट पाइन्छ ।

यो वर्ष काजु र ओखर सबैभन्दा महँगो रहेको व्यवसायीहरुले बताएका छन् । असनका एक जना व्यवसायीले यो वर्ष भाइमसलाको मूल्य पोहोरको तुलनामा केही महँगो भएको बताए । उनले यो वर्ष सुकुमेल, काजु र ओखरको मूल्य सबैभन्दा बढी रहेको बताए ।

यस्तो छ भाइमसलाको बजार भाउः

काजुः १६०० प्रतिकेजी

आल्मण्ड (हाडेबदाम): १३०० प्रतिकेजी

बदामः १८० प्रतिकेजी

पेस्ताः १८०० प्रतिकेजी

ओखर (गुदी): १६००–१८०० प्रतिकेजी

नरिवलः ५०० प्रतिकेजी

मिश्री (धागे)ः १६० प्रतिकेजी

पान बुट्टे मिश्रीः ३००प्रतिकेजी

मिश्री (कटिङ): १६० प्रतिकेजी

अन्जिरः २००० प्रतिकेजी

मखन(फुला): १००० प्रतिकेजी

दालचिनीः ५५० प्रतिकेजी

ल्वाङः १४००प्रतिकेजी

सुकमेलः ६०००

छोकडा (पहेलो): ३००

छोकडा (कालो): २५०

यो मूल्य पसल अनुसार सामान्य घटबढ हुन सक्छ ।