काठमाण्डु – नेकपा (एमाले)का नेता महेश बस्नेत सवार गाडिमाथि विराटनगरमा आइतबार जेन जी युवाले रङ छ्यापेका छन् ।
इटहरीमा आयोजित युवा संघको जनजागरण अभियानमा सहभागी हुन विराटनगरबाट सुनसरी जाने क्रममा २ जेन जी युवाहरूले उनी सवार गाडिमाथि रातो रङले भरिएको बेलुन फालेका थिए ।
जेन–जी युवाद्वय विराटनगर–२ बस्ने १९ वर्षीय अर्पित कुवँर र विराटनगर–१ का २५ संजोग गौतमले उनी चढेको गाडीमा रोतो मसी छ्यापेका हुन् । रङ फाले लगत्तै उनीहरूलाई प्रहरी तत्कालै नियन्त्रणमा लिएको छ ।
बस्नेतविरुद्ध सांकेतिक हिसाबले विरोध गरेको उनीहरूको भनाइ छ ।
पक्राउ परेका कुवँरले सामाजिक सञ्जालमा लेखेका छन्, ‘विरोध गर्ने शैली हुन्छ । मैले कसैलाई निषेध गरेको छैन । मैले उहाँहरूको शैली र प्रवृत्तिलाई कालो झण्डा देखाएको हुँ । उहाँहरूले भदौ २३ मा मच्च्याएको हत्याकाण्डको विरोध गर्दै महेश बस्नेत सवार गाडीमा रातो मसी छ्यापेको हुँ ।’ उनले आफू अहिले मोरङ प्रहरीको हिरासतमा रहेको जनाएका छन् ।





प्रतिक्रिया