काठमाण्डु– पाकिस्तानको एक मस्जिदमा विस्फोट हुँदा ३१ जनाको मृत्यु भएको छ। शुक्रबार इस्लामाबादको सिया मस्जिद (इमाम्बाडा) मा आत्मघाती आक्रमण हुँदा ३१ जनाको मृत्यु भएको छ। साथै घटनामा १६९ जना घाइते भएका छन् ।
पाकिस्तानी सञ्चारमाध्यमका अनुसार प्रार्थनाको समयमा उक्त विस्फोट भएको थियो ।
प्रहरी र उद्धार टोली घटनास्थल पुगेका छन् र उद्धार गरिरहेका छन् । इस्लामाबादका प्रहरी प्रमुखले सहरभरि आपत्काल घोषणा गरेका छन्।
विस्फोटको कारण तत्काल स्पष्ट नभए पनि, केही प्रतिवेदनहरूले यो आत्मघाती आक्रमणकारीद्वारा गराइएको हुन सक्ने बीबीसीले लेखेको छ ।
इस्लामाबादका उप–आयुक्त इरफान मेमनले जारी गरेको विज्ञप्तिमा भनिएको छ,’अस्पतालमा ल्याइएका घाइतेको संख्या १६९ पुगेको छ।’
यस्तै पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले कडा निन्दा गरेका छन्। राष्ट्रपति जरदारीले ‘निर्दोष सर्वसाधारणलाई लक्षित गर्नु मानवताविरुद्धको अपराध हो’ भनेका छन्।




प्रतिक्रिया