काठमाडौं – सरकारले मास्कको उत्पादन बढाउन निर्देशन दिएको छ । आइतबार स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गर्दै मास्कको माग बढेकाले उत्पादन बढाउन औषधि व्यवस्था विभागलाई निर्देशन दिएको हो ।
डाक्टरले कोरोना भाइरसको जोखिमबाट बच्न माक्स लगाउन सुझाव दिँदै आएका छन् । कोरोना भाइरसको जोखिम बढेसँगै नेपालमा पनि मास्कको माग बढेको छ ।
मास्कको माग बढ्न थालेपछि कालोबजारी बढेको स्वास्थ्य मन्त्रालयको अनुमान छ । स्वास्थ्य कालोबजारी नियन्त्रण गर्न स्वास्थ्यमन्त्री भानुभक्त ढकालले निर्देशन दिए ।
यस्तै अहिले मास्क निर्यात रोकेको मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले जानकारी दिए ।




प्रतिक्रिया