कपन र सतुंगलबाट तीन लाखबढी मास्क बरामद

कपन र सतुंगलबाट तीन लाखबढी मास्क बरामद

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रहरीले काठमाडौंको कपन र सतुंगलबाट ३ लाखबढी सर्जिकल मास्क बरामद गरेको छ ।  महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले छापा मारेर सो परिमाणको मास्क बरामद गरेको हो ।

महानगरीय प्रहरी परिसर, काठमाडौंले ३ रुपैयाँमा खरिद गरेर ४० रुपैयाँसम्ममा मास्क बिक्री गरेको आशंकामा मास्क बरामद गरेको हो । यसक्रममा केही व्यक्ति पक्राउ पनि परेका छन् । उनीहरुको परिचय खुलाइएको छैन ।

शनिबार मञ्जुश्री सप्लायर्सका गोदाम मालिक काभ्रेका मिन्टु तामाङ, नागार्जुन २ का अनिश कार्की, उज्जल अधिकारी, काभ्रे रोशी-९ का मानकाजी लामा, बाजुराका थुमराज उपाध्याय, नृप कार्की, काभ्रेका गणेश तामाङ र रामेछापका शिव खड्का पक्राउ परेका थिए ।

उनीहरुविरुद्ध प्रहरीले कालोबजारी ऐनअनुसार म्याद थप गरेर अनुसन्धान थालेको छ । कोरोनाको संक्रमण फैलिएसँगै विभिन्न कम्पनीले मास्कको स्टक लुकाएको प्रारम्भिक अनुसन्धानमा भेटिएको छ ।