काठमाण्डु – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमण बढेको भन्दै मास्कको अनिवार्य प्रयोग र स्यानिटाइजरको व्यवस्था गर्न निर्देशन दिएको छ ।
मन्त्रालयले बिहीबार सूचना जारी गर्दै कोरोना भाइरसको संक्रमण जोखिम कम गर्न विमानस्थल, हवाई लगायत सार्वजनिक यातायातमा मास्कको अनिवार्य प्रयोग र स्यानिटाइजरको व्यवस्था गर्न निर्देशन दिएको हो ।
यस्तै मन्त्रालयले गोष्ठी, सेमिनार, बैठक जस्ता भिडभाड हुने स्थान, विद्यालय, विश्वविद्यालय, धार्मिक स्थलमा पनि मास्कको अनिवार्य प्रयोग गर्न भनेको छ ।





प्रतिक्रिया