व्यवसायी दीपक मल्होत्राले मास्क उपलब्ध गराउर्दै,उपभोक्ताले ५ रुपैयाँमै पाउने

व्यवसायी दीपक मल्होत्राले मास्क उपलब्ध गराउर्दै,उपभोक्ताले ५ रुपैयाँमै पाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको सन्त्रास बढेसँगै बजारमा मास्क अभाव देखिएपछि व्यवसायी दीपक मल्होत्राले सहुलियत दरमा मास्क उपलब्ध गराउने भएका छन्।

नेपाल चेम्बर अर्फ कर्मस र सरकारको सहयोगमा मल्होत्राले सहुलियत दरमा मास्क उपलब्ध गराउने भएका हुन्। चेम्बरद्वारा गठित कोरोना भाइरसको जोखिम न्यूनीकरण समितिका संयोजक समेत रहेका मल्होत्राले सातामा ५ लाख मास्क उत्पादन गर्ने सक्ने क्षमताको मेसिन ल्याएर उत्पादन सुरु गर्दै छन् ।

मास्क उत्पादन गर्ने मेसिन अबको २–३ दिनभित्रै नेपाल आइपुग्ने मल्होत्राले बताए । प्रति मास्क ६ देखि ७ रुपैयाँ लागत परेपनि उपभोक्तालाई ५ रुपैयाँमा नै उपलब्ध गराउने उनले बताए । कोरोना भाइरसको सन्त्रास बढेसँगै बजारमा मास्क मूल्य आकाशीयको छ ।

‘हामीले औषधी व्यवसायी संघको सहयोगमा केही व्यवसायीलाई वितरण गर्ने योजना बनाएका छौं,’ मल्होत्राले जानकारी दिए। तर, चेम्बरको सहयोगमा वितरण भएको सहुलियत दरको मास्क यहाँ पाइन्छ भन्ने ब्यानर भने राख्ने उनको भनाइ छ। ‘उक्त ब्यानरमा मास्कको मूल्यसमेत स्पष्ट लेख्छौं। जसबाट उपभोक्ता ठगिने कुरा रहँदैन,’ उनले भने।

यसबाहेक पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन र प्रस्थान दुवै कक्षमा निः शुल्क यात्रुलाई वितरण हुने मल्होत्राले जानकारी दिए।