काठमाडौं – चीनमा कोरोना भाइरसले महामारीको रुप लिएपछि त्यहाँ मास्क अभाव भएको छ । चीनको हुवेई प्रान्तबाट शुरु भएको कोरोना भाइरसपछि मास्क अभाव देखिएको हो ।
केही भए पनि राहत हुने भएपछि नेपालबाट पनि मास्क पठाउन थालिएको हो । नेपाल–चाइना च्येम्वर अफ कमर्सले १२ हजार थान मास्क पठाएको छ ।
नेपालसँग सीमा जोडिएको तिव्वतमा भाइरस फैलिएमा नेपालमा समेत त्यसको प्रभाव पर्ने सम्भावना रहेको भन्दै नेपाल–चाइना च्येम्वर अफ कमर्स नेपालका तर्फबाट १२ हजार थान मास्क प्रदान गरेको सो संस्थाका महासचिव विवेक पौडेलले बिज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
सो मास्क चाइना तिब्बत च्याम्वर अफ वार्डर ट्रेडलाई हस्तान्तरण गरिएको उनले जानकारी दिए ।
अहिलेसम्म ३०० भन्दा धेरै जनाको मृत्यु भएको छ भने १४ हजार भन्दा धेरै मानिस प्रभावित भएका छन् ।
चीनको उहान लगायतका स्थानमा यात्रा प्रतिवन्धित समेत गरिएको थियो भने विभिन्न देशमा हुबेईमा रहेका आफ्ना नागरिकलाई स्वदेश लगेको छ । नेपालले पनि त्यहाँ बसोबास गर्ने आफ्ना नागरिकलाई फिर्ता ल्याउने तयरी थालेको छ । चीनले उहानमा कोरोना संक्रमणको उपचारका लागि १० दिनमा अस्पताल नै बनाएको छ ।




प्रतिक्रिया